Tuesday 1 September 2026 / मंगलवार, १६ भाद्र २०८३

राबात, मोरोक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । स्थानीय निकायले आइतबार जारी गरेको वक्तव्यमा यसबारे जानकारी दिएका हुन् ।वक्तव्यअनुसार करिब एक घण्टाको अवधिमा परेको तीव्र मेघगर्जनसहितको वर्षाले प्रान्तका विभिन्न क्षेत्रहरूमा आकस्मिक बाढी निम्त्याएको हो। यसका कारण दर्जनौँ आवासीय घर तथा व्यापारिक प्रतिष्ठानहरू जलमग्न भएका छन् ।

यसअघि राष्ट्रिय समाचार संस्थाले सार्वजनिक गरेको विवरणअनुसार साफी नगरमा करिब ७० घर तथा व्यापारिक भवनहरूमा बाढी पसेको थियो भने १० वटा सवारी साधन बाढीले बगाएको थियो । बाढीका कारण सडक संरचनामा क्षति पुग्नुका साथै यातायात सञ्चालनमा व्यापक अवरोध सिर्जना भएको जनाइएको छ ।स्थानीय प्रशासनका अनुसार हाल बेपत्ता व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको छ भने क्षतिग्रस्त सडक, यातायात व्यवस्था तथा सार्वजनिक सेवाहरू पुनः सञ्चालनमा ल्याउने प्रयास तीव्र रूपमा अगाडि बढाइँदै छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय