Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, चर्चित संगीतकार रमेश परियारको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘मायाको झल्को छ’ सार्वजनिक भएको छ। गीतमा कला लम्साल र बसन्त थापाको स्वर रहेको छ, जसको मिठो, भावपूर्ण र मन छुने आवाजले श्रोताको मनमा गहिरो प्रभाव पारेको छ। जसले गीतलाई अझ बहुआयामिक बनाएको छ।

गीतको म्युजिक भिडियोमा कला लम्साल र गम्भीर बिष्टको अभिनयले पनि भिडियोमा कथा र भावनालाई मजबुत बनाएको छ। अभिनयले प्रेम र मायाको भावलाई दृश्य माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। गीतको लय, संगीत र भावपूर्ण स्वरले गर्दा यो गीत संगीतप्रेमीहरूबीच छिट्टै चर्चामा आएको छ। दर्शकहरूले यस गीत र भिडियो सामाजिक सञ्जाल र विभिन्न म्युजिक प्लेटफर्ममार्फत सजिलै पहुँच गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय