Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

नवौं संस्करणको मिसेस् नेपाल आइडल बन्न सफल भएकी छिन् शितल याक्सो लिम्बु । उनी मोस्ट डिसेन्ट अवार्डको पनि हकदा बनिन् । प्रतियोगितामा मोस्ट स्मार्ट र वेष्ट ड्रेसको अवार्ड सहित अन्जु थापा मगर फस्ट रनर अपको रुपमा चयन भइन् भने वेष्ट ट्यालेन्टको अवार्ड सहित नितु सिंह ठकुरीले सेकेन्ड रनर अपको उपाधि उचालिन् । ललितपुरको च्यासल स्थित ज्यापु प्रज्ञा भवनमा संचालन भएको सो प्रतियोगिताको कोरियोग्राफी चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले गरेकी हुन् ।

हिमालयन मुभिज् प्रोडक्सन हाउसको ब्यानरमा आयोजना गरिएको सो प्रतियोगिताको व्यवस्थापकीय जिम्मेवारी कोमलनाथ खतिवडाले सम्हालेका थिए । निर्णायकको भूमिकामा भने मिस नेपाल २००० एवं फेसन डिजाइनर उषा खड्गी, अभिनेता एवं कोरियोग्राफर दिक्पाल कार्की, अभिनेता एवं इभेन्टकर्मी सिद्धार्थ सिंह, मिस मंगोल नेपाल २०२५ एवं फेसन डिजाइनर टिना आले कँवर मगर तथा फेस अफ नेपाल २०२५ सदिक्षा श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय