राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि कम्युनिष्टहरूको एकता तथा राष्ट्रिय एकता अपरिहार्य रहेको सन्देशसहित रुकुम पूर्वदेखि काठमाडौंसम्म यात्रा गर्नुभएका नेपाली कम्युनिष्ट पार्टीका युवा नेता केशव रावलले आफ्नो यात्रा सफलतापूर्वक समापन गर्नुभएको छ।

यात्रा समापनपछि रावलले राष्ट्रको झण्डा, कम्युनिष्ट पार्टीको झण्डा तथा नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा बोकी ल्याइएको झण्डा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।
उक्त यात्रालाई कम्युनिष्ट एकता, राष्ट्रिय एकता र राजनीतिक सन्देश प्रवाहको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।


