काठमाडौं — नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुनको मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको


