विवाहित महिलाहरुको व्यक्तित्व, आत्मविश्वास, प्रतिभा र सौन्दर्यसंग जोडिएको सौन्दर्य प्रतियोगिता मिसेस् हिमालयन नेपालको १२औं संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा मोस्ट डाइनामिकको अवार्ड सहित प्रनिता क्षेत्रीले मिसेस् हिमालयन नेपाल २०२५को ताज पहिरिन सफल भएकी छिन् । वेष्ट ट्यालेन्टको अवार्ड सहित परदेशी श्रेष्ठ फस्ट रनर अप चयन भइन् भने फोटोजेनिक विधाको अवार्ड सहित पारु थापाले सेकेन्ड रनर अपको स्थान प्राप्त गरिन् । ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा संचालन भएको प्रतियोगिता हिमालयन मुभिस् प्रोडक्सन हाउसको ब्यानरमा सम्पन्न भएको हो । चर्चित कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी रहेको सो प्रतियोगिता ओपनिङ एक्ट, परिचयात्मक चरण, वेष्ट ड्रेस राउन्ड, प्रश्नोत्तर चरण हुँदै विजेता चयन भएर सम्पन्न भएको थियो । 
प्रतियोगितामा आकांक्षा गजमेरले मोस्ट एक्टिभ, पब्लिक च्वाइस भिडियो र मल्टिमिडियाको विधामा अवार्ड प्राप्त गरेकी थिइन् । सृजना देवी श्रेष्ठले भने मोस्ट डेडिकेटेड, मोस्ट पपुलर तथा वेष्ट डे्रसको अवार्ड जित्न सफल भइन् । मोस्ट ग्रेसफुल र पब्लिक च्वाइस विधामा अपेक्षा मुखिया अब्बल ठहरिन् । प्रतियोगिता धनु लिम्बु मोस्ट स्मार्ट, रोशनी यादव मोस्ट डिसेन्ट, सृजना थापा मोस्ट प्यासनेट तथा विमला महर्जन मानन्धर मोस्ट डिलिजेन्टका रुपमा चयन भएका थिए ।
कोमलनाथ खतिवडा कार्यक्रम व्यवस्थापक रहेको सो प्रतियोगितामा चलचित्रकर्मी पवित्रा आचार्य, मोडल तथा मिस्टर ह्याण्डसम नेपाल २०१८ अभिषेक खड्का, मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी, मिसेस ग्लोबल नेपाल २०२५ तथा बैंकर इन्दिरा घिमिरे र मिसेस नेपाल आइडल २०२५ शीतल याक्सो लिम्बु निर्णायकको भूमिका रहेका थिए ।


