Wednesday 27 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमान्डु कलेज अफ सेन्ट्रल स्टेटले आयोजना गरेको फेयरवेल एण्ड वेलकम कार्यक्रममा संचालन गरिएको मिष्टर एण्ड मिस सेन्ट्रल स्टेट आइकन अन्तर्गत विनायक श्रेष्ठ मिष्टरतर्फ र ईभा कपाली मिसतर्फ विजेता छनौट भएका छन् । मिष्टर सेन्ट्रल स्टेट आइकन छानिएका विनायकले पर्सनालिटी, फिटनेस, वेष्ट स्कीन, वेष्ट हेयर स्टाइल तथा ब्राण्ड एम्बेसडरको पनि उपाधि जित्न सफल भएका छन् । मिस सेन्ट्रल स्टेट आइकन छानिएकी ईभाले पर्सनालिटी, क्याटवाक र वेष्ट अटायरको अवार्ड पनि जित्न सफल भइन् ।

रेक्स इन्टरटेन्मेन्टको व्यवस्थापन र प्रस्तुति तथा फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न मिष्टर एण्ड मिस सेन्ट्रल स्टेट आइकन अन्तर्गत मिष्टरतर्फ यथार्थ श्रेष्ठ कन्फिडेन्ट र वेष्ट अटायर अवार्ड सहित फस्ट रनर अप र इन्क्वीसिटिभ अवार्ड सहित एलिस के.सी. सेकेन्ड रनर अप चयन भएका थिए । मिसतर्फ भने इन्टिेलिजेन्ट अवार्ड सहिमत अमला एैडी फस्ट रनर अप तथा ब्राण्ड एम्बेसडर र कन्फिडेन्ट अवार्ड सहित सुप्रिया थपलिया सेकेन्ड रनर अप चयन गरिएका थिए । प्रतियोगिताको निर्णायकका रुपमा रेक्स इन्टरटेमेन्टका प्रमुख एवं काराओके आइडल विजेता खगेस रंजीतकार, मिस नेवाः आइकन ११४५ विजेता रोजिका बज्राचार्य तथा चितवन स्टार एवं मोडल अप्रभि महर्जन निर्णायकका भूमिका रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय