Saturday 10 October 2026 / आईतवार, २५ आश्विन २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको आरोप लगाएका छन्। आज बिहान आफूलाई भेट्न आएका नेता–कार्यकर्तासँग कुरा गर्दै उनले पार्टी विभाजनको प्रयास भए पनि कांग्रेस नफुट्ने स्पष्ट पारे।

‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन। म विश्वस्त छु,’ देउवाले भेटका क्रममा भने। उनले विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने पनि बताएका छन्।

उनको अभिव्यक्तिले नेपाली कांग्रेस भित्र देखिएको आन्तरिक विवाद थप स्पष्ट भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय