Sunday 11 October 2026 / आईतवार, २५ आश्विन २०८३

काठमाडौँ, अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी भएको नवलपुर–१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)ले पुनः राजन गौतमलाई उम्मेदवार बनाएको छ। आउँदो फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गौतमले नवलपुर–१ बाट रास्वपाको टिकट पाएका हुन्।

२०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट नेपाली कांग्रेसका शशांक कोइराला निर्वाचित भएका थिए। उक्त निर्वाचनमा रास्वपाबाट पनि गौतम नै उम्मेदवार थिए। मत परिणामअनुसार कोइरालाले २७,०६७ मत प्राप्त गर्दा गौतमले २४,३०५ मत ल्याएका थिए।

यसपटक कांग्रेसबाट नवलपुर–१ मा को उम्मेदवार हुने भन्ने अझै टुंगो लागेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय