Thursday 22 January 2026 / बिहीबार, ८ माघ २०८२

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। शैक्षिक क्यालेन्डरअनुसार परीक्षा पहिलो साता नै हुने तय भए पनि निर्वाचनका कारण मिति सारिएको हो।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार चैत १९ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरिएको हो।
सार्वजनिक परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। संस्कृततर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय