Thursday 22 January 2026 / बिहीबार, ८ माघ २०८२

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ।
नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उद्घाटन गर्दै उहाँले मुलुक निर्वाचनमय अवस्थामा रहेकाले दलहरू घोषणापत्र तयारीमा जुटिरहेका बेला अर्थतन्त्र विकासका लागि निजी क्षेत्रका प्राथमिकता समेट्नुपर्ने बताउनुभयो।

अध्यक्ष ढकालले रोजगारी सिर्जना, उद्योगधन्दा तथा कलकारखानाको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहेको उल्लेख गर्नुभयो। साथै, विगतमा अर्थतन्त्र संकटमा पुगेका बेला सरकार र निजी क्षेत्रको सहकार्यले सुधार सम्भव भएको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।

उहाँले जुनसुकै दलको सरकार बने पनि अर्थतन्त्र सबैको साझा एजेण्डा हुनुपर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय