काठमाडौं, ललितपुरकी सुरवि बज्राचार्य ले ‘मिस लिटिल नेवाः ११४५’ को उपाधि जितेकी छिन्। १९ फाइनलिस्टलाई पछि पार्दै उनले प्रतियोगिता जितिन्। जितसँगै सुरविले नगद २५ हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरिन्।
कार्यक्रममा फस्ट रनरअपको उपाधि काठमाडाैं मैतीदेवीकी कृष्टिना महर्जन र सेकेण्ड रनरअपको उपाधि कुलेश्वरकी रिपान्सी श्रेष्ठ ले जितिन्। रिपान्सी श्रेष्ठले मिस ट्यालेन्टको ताज पनि जितेकी छिन्।
उपविजेता र सहविजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगदसहित विभिन्न उपहार पाए। अन्य विशेष उपाधिहरू यसप्रकार छन्:
मिस ट्यालेन्ट फस्ट रनरअप – अर्शिया महर्जन
मिस ट्यालेन्ट सेकेण्ड रनरअप – प्रिन्सिका शाही
बेष्ट नेपालभाषा – लिडिया महर्जन
बेष्ट ड्रेस – रोजलिन शाक्य
सोसियल वयरफेर एम्बासडर चिफ – देजला शाक्य
सोसियल वयरफेर एम्बासडर फस्ट रनरअप – सहिना शाक्य
सोसियल वयरफेर एम्बासडर सेकेण्ड रनरअप – बिदिशा महर्जन
मिस डिसिप्लिन – आन्या महर्जन
मिस पब्लिक च्वाइस – सचिका महर्जन
मिस कल्चर – श्रीषा श्रेष्ठ
मिस कन्फिडेन्ट / बेष्ट स्किन – आरोग्या महर्जन
मिस पर्सनालिटि – क्रिस्टिना खड्गी
मिस इनोसेंट / मिस फोटोजेनिक – सफू बज्राचार्य
बेष्ट हेयर / मिस क्युट – नेभा डंगोल
बेष्ट स्माइल – सस्था मानन्धर
मिस चार्मिङ – श्रेया बलामी
बेष्ट फ्रेन्डसिप – क्रिस्टिना खड्गी
कार्यक्रमको निर्णायक मण्डलमा मुख्य निर्णायक मञ्जुश्रीरत्न बज्राचार्य रहेका थिए। अन्य निर्णायकमा अधिवक्ता लक्ष्यमान महर्जन, डा. शिक्षिता श्रेष्ठ, नमुना फेसन कलेजका भाइस पिन्सिपल जिवेस्वरलाल श्रेष्ठ, नेवार भाषा प्रशिक्षक राजु नापित र ज्यापू समाज यलका अध्यक्ष शान्तमान महर्जन थिए।

आयोजक संस्थाकी हेमा मानन्धरले प्रतियोगिता बालिकालाई नेवार संस्कृति, भाषा, कला र लिपि जोगाउने अभियानमा प्रेरित गर्ने उद्देश्यका लागि आयोजना गरिएको बताइन्। कार्यक्रममा आर डि फाउण्डेशनका अध्यक्ष देवकाजी डंगोल प्रमुख अतिथि र चर्चित गायिका मिरा राणा विशेष अतिथिका रूपमा उपस्थित थिइन्।
प्रतियोगिता मिस नेवा: सकिना महर्जन, मिस नेवा: प्रलिशा शाक्य र मिस नेवा: सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवा: कृषा महर्जनको संयोजनमा सम्पन्न भएको थियो।

