Sunday 11 October 2026 / आईतवार, २५ आश्विन २०८३

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पूर्वी पहाडी जिल्लाको चुनावी यात्रा सकाएर अब पश्चिम नेपालतर्फ अभियानमा निस्किएका छन्। जनकपुरबाट सुरु भएको यात्रामा झापामा मनोनयन दर्ता गरेपछि उनले पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र धनकुटासम्म पुगेर कार्यकर्ता, उम्मेदवार र मतदातासँग प्रत्यक्ष भेटघाट गरे। यस क्रममा उनले पाथीभरा मन्दिरको दर्शनसमेत गरेका छन्।

ठूला सभा नगरी जनतासँग सिधा संवाद गर्ने रणनीति अपनाएका बालेन सोमबारदेखि सुदूरपश्चिम भ्रमणमा निस्किँदै छन्। यसबीच काठमाडौं फर्केर उनले बागमती प्रदेशका रास्वपा उम्मेदवारसँग निर्वाचन रणनीतिबारे छलफल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय