भक्तपुर–२, मिबाछेंस्थित एभरेस्ट इङ्लिस स्कुलले जुनियर सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातजाति, भाषा, भेषभूषा र संस्कृतिलाई झल्काउने नृत्य, गीत तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरे।

कार्यक्रमले मनोरञ्जनसँगै विविधतामा एकता, आपसी सम्मान र संस्कारको सन्देश प्रवाह गरेको विद्यालयले जनाएको छ। सह–शैक्षिक गतिविधिमार्फत जीवनमुखी शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सहभागी विद्यार्थी र अभिभावकको प्रशंसा पाएको

