Wednesday 4 February 2026 / बुधबार, २१ माघ २०८२

काठमाडौं, सामाजिक क्षेत्रमा विगत २५ वर्षदेखि सक्रिय समाजसेवी राधा मताङ्गी भारतको बिहारमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा प्रतिष्ठित (Best NGO Award) अवार्डबाट सम्मानित हुनु भएकी छन्। उहाँ हाल सामुदायिक विकास केन्द्र नेपाल (Community Development Center Nepal) की अध्यक्ष हुनुहुन्छ।

गरिब, असहाय, विपन्न, अपाङ्ग, विपद्‌पीडित तथा सीमान्तकृत समुदायको सेवामा समर्पित मताङ्गीले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बाल संरक्षण, जीविकोपार्जन र सामुदायिक सशक्तीकरणका क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएको छ।

२०१५ सालको विनाशकारी भूकम्पपछि बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का समयमा सामुदायिक विकास केन्द्र नेपालले राहत, खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग तथा दीर्घकालीन पुनःस्थापनाका कार्यक्रममार्फत हजारौँ प्रभावित परिवारलाई सहयोग गरेको छ।

यसै क्रममा उहाँ भारतको बिहार राज्यको मधुबनीस्थित कृषि विज्ञान केन्द्रमा आयोजित १०औँ अन्तर्राष्ट्रिय सम्मेलन ‘Climate Smart Agriculture for Global Production and Food Security 2047’ मा सहभागी हुनु भएको थियो। उक्त सम्मेलनमा सामुदायिक विकास केन्द्र नेपाल (CDC Nepal) को टोलीले विश्वभरिका विज्ञहरूसँग अनुभव साटासाट गर्दै जलवायु–अनुकूल र दिगो कृषि अभ्यासबारे महत्वपूर्ण ज्ञान हासिल गरेको जनाएको छ।

उक्त कार्यक्रममा मताङ्गीको निरन्तर सेवाभाव, विपद् व्यवस्थापनमा योगदान तथा सीमा पारिको मानवीय सहयोगको उच्च मूल्याङ्कन गर्दै आयोजक संस्थाले उहाँलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान गरेको हो।

अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै मताङ्गीले यो सम्मान आफ्नो मात्र नभई सम्पूर्ण टिम र सेवा लिएका समुदायहरूको भएको बताउँदै सामाजिक न्याय, विपद् तयारी र दिगो विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय