Tuesday 18 August 2026 / मंगलवार, २ भाद्र २०८३

काठमाडौँ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. ५ द्वारा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्नुभएको छ।
you
कार्यक्रममा संयोजक प्रचण्डले एमाले खेलकुद विभाग सदस्य रेनुका श्रेष्ठ, बिमला ग्यावाली, बैकर, वकिल सबिना वाग्ले, नेकपा बहुमत निकट क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय संयोजक जीवन हमाललगायत दर्जनौँ नयाँ सदस्यलाई पार्टीमा स्वागत गर्नुभएको छ।

प्रचण्डले नयाँ सदस्यहरूको अनुभव र योगदान पार्टीको मजबुतिकरणमा महत्वपूर्ण हुने भन्दै सबैलाई सक्रिय रूपमा कार्यमा जुट्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा उपस्थित कार्यकर्ताले पार्टी प्रवेश गर्ने नयाँ सदस्यलाई आत्मीय स्वागत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय