Wednesday 15 April 2026 / बुधबार, २ बैशाख २०८३

बुढानिलकण्ठ प्याब्सनको आयोजनामा सम्पन्न यु–१४ प्याब्सन बुढानिलकण्ठ कप फुटसल प्रतियोगिता मा छात्रतर्फ रिलायन्स स्कुल र छात्रातर्फ शिशुमिलन स्कुल विजेता बनेका छन्।प्रतियोगिताको छात्रतर्फको फाइनल खेलमा रिलायन्स स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्दा इम्पेरियल वर्ल्ड स्कुल उपविजेता बनेको छ। त्यसैगरी छात्रातर्फको उपाधि शिशुमिलन स्कुल ले हात पार्दा भक्ति इन्टरनेसनल एकेडेमी उपविजेता बनेको छ।

प्रतियोगितामा शिशुमिलन स्कुल र रिलायन्स स्कुल विजेता बन्दा भक्ति इन्टरनेसनल एकेडेमी र इम्पेरियल वर्ल्ड स्कुल उपविजेता बनेका हुन्।त्यसैगरी प्रतियोगितामा हिमालयन स्कुल र त्रिज्योती स्कुल क्रमशः तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

बुढानिलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयका टिमहरूको सहभागिता रहेको प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, अनुशासन र आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय