Sunday 31 May 2026 / आईतवार, १७ जेष्ठ २०८३

काठमाडौँ, स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कूलले फुटबल विकास र खेलकुद शिक्षामा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने उद्देश्यका साथ सिङ्गापुरस्थित फ्रेन्ज इन्टरनेशनल एकेडेमीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

सम्झौतामा विद्यालयकी प्रवन्ध निर्देशक मिना महर्जन र एकेडेमीका मालिक डल्भीन एस. पन्नुबिचले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष रामकृष्ण चित्रकार, प्राचार्य नेहा के.सी., फुटबल कोच पुष्प ज्वाला बिष्ट तथा एकेडेमीका प्रशिक्षक एवं भूतपूर्व सिङ्गापुर खेलाडी जिता सिङ्कोको उपस्थिति रहेको थियो।
यस साझेदारीमार्फत विद्यालयले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकबाट गुणस्तरीय प्रशिक्षण, आधुनिक खेल प्रविधिको ज्ञान तथा व्यावसायिक विकासका अवसर उपलब्ध गराउने लक्ष्य राखेको छ। विद्यालयका अनुसार यस सहकार्यले अनुशासन, टोलीभावना, नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै शैक्षिक र शारीरिक विकासबीच सन्तुलन कायम गर्न मद्दत गर्नेछ।

स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय विशेषज्ञतासँग जोड्दै नेपालको फुटबल संस्कृतिको विकासमा योगदान पुर्‍याउनु नै यस सम्झौताको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ। साथै, युवा खेलाडीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिलाउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय