एभरेस्ट इभेन्ट्सद्वारा आयोजित “मिस्टर एन्ड मिस मोडल अफ द इयर – सिजन ५” उत्कृष्ट प्रतिभाको खोज तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतिष्ठित प्रतियोगिताले उदीयमान मोडलहरूलाई आफ्नो शैली, आकर्षण, अनुशासन, आत्मविश्वास र मञ्चीय दक्षता प्रदर्शन गर्ने सशक्त अवसर प्रदान गरेको थियो।

मिस्टर मोडल अफ द इयर २०२६ को उपाधि तनिष्क अग्रवालले जिते भने मिस मोडल अफ द इयर २०२६ आयुषा लामाले हासिल गरिन्। त्यसैगरी, वाजिद अन्सारी मिस्टर टिन मोडल अफ द इयर २०२६ घोषित भए भने सान्वी राउत मिस टिन मोडल अफ द इयर २०२६ को ताज पहिरिन सफल भइन्। फेस अफ मोडल अफ द इयर २०२६ को उपाधि प्रेरणा क्षेत्रीले आफ्नो नाममा सुरक्षित गरिन्। प्रथम उपविजेताको स्थान प्रथम बञ्जाडे र उर्मिला शाक्यले हासिल गरे भने द्वितीय उपविजेताका रूपमा कपिल कार्की र आशिष्मा अरन सम्मानित भए। आयोजकको विशेष रोजाइ (अर्गनाइजर’स च्वाइस) आरुष सोनी र नाएरा साहाने घोषित भए। अर्पण श्रेष्ठ र समृद्धि शाह ब्रान्ड एम्ब्यासडर नियुक्त भए भने “ब्युटी विथ ब्रेन” उपाधि श्रृृष्टि देउलाले प्राप्त गरिन्। भ्यालेन्टिनो द बुटिकका ब्रान्ड एम्ब्यासडरका रूपमा मिस युना नौबाघ र मिस्टर विशाल लिम्बु चयन भए।

कार्यक्रम एभरेस्ट इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत तथा आयोजक कृष्ण श्रेष्ठ (रो बेन) को नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो। मञ्च प्रस्तुति तथा रनवे व्यवस्थापन कोरियोग्राफर अर्शु महर्जन र सुगन्धा अधिकारीले दक्षतापूर्वक सम्हालेका थिए ।


