Wednesday 26 August 2026 / बुधबार, १० भाद्र २०८३

एभरेस्ट इभेन्ट्सले “किड्स मोडल अफ द इयर – सिजन ५”, काठमाडौं भ्याली स्कूल एन्ड कलेजको सहकार्यमा, युवा प्रतिभा, आत्मविश्वास र सिर्जनशीलताको उत्सवका रूपमा भव्य रूपमा सम्पन्न गरेको छ। प्रतिष्ठित राष्ट्रिय नाचघर, जमलमा आयोजित उक्त कार्यक्रमले बालबालिकाहरूलाई आफ्नो आकर्षण, मञ्चीय उपस्थिती र बढ्दो मोडलिङ क्षमताको प्रदर्शन गर्न व्यावसायिक र व्यवस्थित मञ्च प्रदान गरेको थियो।

प्रतियोगितामा ट्रेला श्रेष्ठ र यथार्थ राज महर्जन विजेताका रूपमा चयन भए, जसले आफ्नो आत्मविश्वास र प्रभावशाली प्रस्तुतीकरणमार्फत उत्कृष्टता देखाए। लिटल प्रिन्स र लिटल प्रिन्सेस को उपाधि क्रमशः स्वर्णिम धिताल र रियान्शी महर्जनलाई प्रदान गरियो। प्रथम उपविजेता को रूपमा उबिन श्रेष्ठ र सप्रिशा श्रेष्ठ सम्मानित भए भने द्वितीय उपविजेता को रूपमा रोहन अग्रवाल र कायरा श्रेष्ठलाई सम्मान दिइयो। ब्रान्ड एम्ब्यासडर को उपाधि मनस्वी भण्डारीले प्राप्त गरिन् भने अर्गनाइजर’स च्वाइस को विशेष मान्यता प्रिस्किला भण्डारीलाई प्रदान गरियो।

कार्यक्रम एभरेस्ट इभेन्ट्सका सिईओ तथा आयोजक कृष्ण श्रेष्ठ (रो बेन) को नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो। रनवे प्रस्तुति र कोरियोग्राफी सुगन्धा अधिकारी र अर्शु महर्जनले दक्षतापूर्वक सम्हालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय