Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काभ्रे, बनेपास्थित चाँदनी चोकमा प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै टिप्परमा आगजनी गरेको आरोपमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान करिब ८ बजे साँगा तर्फ जाँदै गरेको बा.प्र.०१–००४ क ३४२३ नम्बरको टिप्पर र सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०६३ प ९१८९ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका ३० वर्षीय स्कुटर चालक ओमन प्रधानको Shir Memorial Hospital मा उपचारका क्रममा मृत्यु भएको थियो।

दुर्घटनापछि घटनाको अनुसन्धानका लागि खटिएको प्रहरी टोलीमाथि केही व्यक्तिले ढुंगामुढा गरी अवरोध सिर्जना गर्नुका साथै टिप्परमा आगजनी गरेका थिए। सो घटनामा संलग्न रहेको आरोपमा १३ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रे का सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार पक्राउ परेकाहरू काभ्रेका विभिन्न स्थानका साथै सिन्धुपाल्चोक र बारा जिल्लाका हुन्। उनीहरूविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय