Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

म्याग्दी, धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं–४ बाँसबोट जोड्ने ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ। सङ्घीय सरकारअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँले म्याग्दी नदीमाथि पुल निर्माण थालेको हो।

रामकृष्ण–सोमरस जेभीले ठेक्का सम्झौताअनुसार संरचना निर्माणलाई तीव्रता दिएको छ। करिब रु १ करोड ६४ लाख १५ हजारमा ठेक्का सम्झौता भएको उक्त पुल १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने योजना रहेको निर्माण कम्पनीले जनाएको छ।

पुल निर्माणपछि धवलागिरि गाउँपालिकाका हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङलगायतका बस्तीका बासिन्दालाई आवतजावतमा सहज हुनेछ। एक घण्टाको यात्रा पाँच मिनेटमा छोटिने अपेक्षा गरिएको छ। साथै कृषि उत्पादन बजारीकरण र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने स्थानीयको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय