Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

मलेसिया, मलेसियामा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार Malaysia को Sabah नजिक Sulu Sea मा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो। सोमबार बिहान १२:५७ बजे गएको यो भूकम्प सन् १९२३ पछि यस क्षेत्रमा रेकर्ड गरिएको सबैभन्दा ठूलो मध्ये एक मानिएको छ।

भूकम्पका कारण Sabah र Sarawak का बासिन्दाले केही सेकेन्ड हल्का कम्पन महसुस गरेका थिए, जसले गर्दा कतिपय मानिस घरबाहिर निस्किएका थिए। छिमेकी मुलुकहरू Philippines, Brunei, र Singapore का उच्च भवनहरूमा समेत हल्का धक्का महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्प समुद्रमुनि ६२० किलोमिटर गहिराइमा गएकोले सतहमा ठूलो असर परेन र सुनामीको खतरा पनि छैन। अधिकारीहरूले जनजीवन सामान्य रहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय