Tuesday 21 April 2026 / मंगलवार, ८ बैशाख २०८३

डीई इभेन्ट्सले आयोजना गरेको ग्ल्याम भोग नेपाल २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। उदीयमान मोडलिङ प्रतिभालाई पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा अमन झगड र अदिति कर्ण विजेता घोषित भएका छन्। अमन झगडले विजेता उपाधिसँगै ‘मोस्ट पपुलर’, ‘बेस्ट बडी’, ‘मोस्ट पंक्चुअल’ र ‘मोस्ट डिसिप्लिन्ड’ जस्ता थप उपाधिहरू पनि हात पारे। त्यसैगरी अदिति कर्णले आत्मविश्वासपूर्ण र आकर्षक प्रस्तुति दिँदै विजेता बन्न सफल भइन्। उनले ‘बेस्ट वाक’ र ‘मोस्ट ट्यालेन्टेड’ उपाधि समेत जित्दै आफ्नो क्षमता प्रमाणित गरिन्।

प्रथम रनर–अप उपाधि शंकर क्षेत्री र बिनी श्रेष्ठले जितेका छन्। शंकर क्षेत्रीले ‘फ्यान च्वाइस अवार्ड’ र ‘बेस्ट लिडर’ उपाधि पनि प्राप्त गरे। बिनी श्रेष्ठले ‘मोस्ट डिसिप्लिन्ड’ उपाधि हात पारिन्। द्वितीय रनर–अप मेसुन थापाले ‘मोस्ट फोटोजेनिक’ उपाधि जित्दै क्यामेरा अगाडि आफ्नो प्रभावशाली उपस्थिति देखाए। विशेष विधातर्फ, सुनिल मगर ‘अर्गनाइजर च्वाइस विनर’ घोषित भए र उनले ‘मिस्टर मल्टिमिडिया’ उपाधि पनि प्राप्त गरे। महिला तर्फ मनिषा लामाले ‘अर्गनाइजर च्वाइस विनर’ उपाधिसँगै ‘फ्रेन्डलिएस्ट’ उपाधि जितिन्।

ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा सम्पन्न उक्त प्रतियोगिताको आयोजना अमिशा ओलीले गरेकी थिइन् भने कार्यक्रमको कोरियोग्राफी तथा सञ्चालन फेसन कोरियोग्राफर तथा मिडिया व्यक्तित्व रोजिन शाक्यले गरेका थिए। कार्यक्रममा निर्णायक मण्डलका रूपमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। तीमध्ये Zsailendra Shrestha, फेसन कोरियोग्राफर तथा फोटोग्राफर; Madhab Raj Kharel, निर्देशक तथा अभिनेता; Sonit Raj Dhungel, इभेन्ट निर्देशक तथा मिडिया व्यक्तित्व; Sony Shrestha, नेचर भ्यू पार्कका संस्थापक निर्देशक; Aruna Shrestha, मिडिया व्यक्तित्व; तथा Neha Gautam, म्युजिक भिडियो मोडल रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय