Wednesday 15 April 2026 / बुधबार, २ बैशाख २०८३

फेसन इराको आयोजनामा तथा आनन्द सिंहको नेतृत्वमा सम्पन्न किड्स स्टार इन्टरनेशनल नेपाल २०२६ – सिजन ५ को ग्रान्ड फिनाले २०२६ फेब्रुअरी २४ मा ललितपुरको बालकुमारीस्थित म्युजिक सिटीमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमकी प्रमुख अतिथिका रुपमा चर्चित अभिनेत्री प्रियंका कार्कीको गरिमामय उपस्थितिले समारोहलाई अझ आकर्षक, प्रेरणादायी र भव्य बनाएको थियो ।

कार्यक्रम अन्तर्गत सिनियर विधामा बालकतर्फ आरोग्य शर्मा विजेता घोषित भए भने ऋषित ओदारी फस्ट रनर अप, शुभम सिंह थापा सेकेन्ड रनर अप, केल्साङ शेर्पा थर्ड रनर अप तथा मिग्पेन पुलामी फोर्थ रनर अप बने । एलेक्स लुईंटेललाई अर्गनाइजर्स च्वाइस अवार्ड प्रदान गरिएको थियो । सिनियर विधामा बालिकातर्फ आरोही शाही विजेता घोषित भइन् । निजा थापा मगर फस्ट रनर अप, क्रिस्टिना बोहरा सेकेन्ड रनर अप, देवान्सी गुरुङ थर्ड रनर अप, आरजु राना मगर फोर्थ रनर अप तथा रिया न्यौपाने फिफ्थ रनर अप घोषित भएका थिए । । साथै अंशिका शाह र अलिश्मा केसीलाई अर्गनाइजर्स च्वाइस प्रदान गरिएको थियो ।

जुनियर विधामा बालकतर्फ आभूषण भण्डारी विजेता बने । आयत बिष्ट फस्ट रनर अप, म्याग्नस महर्जन सेकेन्ड रनर अप, आरोग्य जंग थापा थर्ड रनर अप तथा प्रवेश जंग थापा फोर्थ रनर अप घोषित भएका थिए ।

जुनियर विधामा बालिका तर्फ अभया बराल विजेता घोषित भइन् । रुक्साना क्षेत्री फस्ट रनर अप, आएशा सुबेदी सेकेन्ड रनर अप, रुक्साना तोलाङे थर्ड रनर अप, मैयम थापा फोर्थ रनर अप तथा प्रसिद्धि सुबेदी फिफ्थ रनर अप चयन भइन् । सहारा उप्रेती र यशस्वी प्रधानलाई अर्गनाइजर्स च्वाइस अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमको कोरियोग्राफी एलेक्स तिरुवा र किमोन मगरले गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । कार्यक्रममा सहभागिहरुको प्रस्तुतिकरणको मुल्यांकनको अविभारा सुषान्त ढकाल, अलिश खनाल, याङ्शु श्रेष्ठ, निर्जरा मिश्रा, दिलीप ओखेडा, सुरेश कोहली तथा विभूषित रायमाझीले निर्वाह गरेका थिए ।

मोडल टुरिजम एम्बासडर वल्र्ड २०२६ का लागि नेपाली प्रतिनिधि घोषणा
प्रतियोगिताभर देखिएको उत्कृष्ट प्रदर्शन, आत्मविश्वास, व्यक्तित्व तथा समग्र प्रस्तुतीकरणलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता मोडल टुरिजम एम्बासडर वल्र्ड २०२६ का लागि नेपाली प्रतिनिधिहरू पनि घोषणा गरिएको छ । छनोट भएका प्रतिनिधिहरूमा निजा थापा मगर, देवन्सी गुरुङ, ऋषित ओदारी, एलेक्स लुइटेल, देवन्सिता बिस्वास श्रेष्ठ, आरोग्य शर्मा, आरोही शाही, अलिश्मा केसी, अभया बसाल र आभूषण भण्डारी रहेका छन् ।

मोडल टुरिजम एम्बासडर वल्र्ड २०२६ आगामी जुन २३ देखि जुन २९, २०२६ सम्म नेपालमै आयोजना हुने तय भएको छ, जसमा विश्वभरका सहभागीहरूको सहभागिता रहनेछ । उक्त अन्तर्राष्ट्रिय कार्यक्रम पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान, नेतृत्व विकास तथा विश्वस्तरीय युवा प्रतिभाको सशक्तीकरणमा केन्द्रित रहनेछ । कार्यक्रम फेसन ईरा को ब्यानर अन्तर्गत आयोजना हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय