सृजना शर्मा ‘मिसेस समिट इन्टरनेसनल नेपाल २०२६’ का रूपमा आधिकारिक रूपमा घोषित भएकी छन् । उनले आगामी अक्टोबरमा अस्ट्रेलियाको गोल्ड कोस्टमा आयोजना हुने समिट इन्टरनेशनल पेजेन्ट २०२६ को मिसेस विधामा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् । उनलाई फेसन ईराले एक विशेष समारोहमार्फत औपचारिक रूपमा ताज पहि¥याएर सो घोषणा गरेको हो । आफ्नो गरिमा, आत्मविश्वास, सौम्यता र प्रभावशाली व्यक्तित्वका आधारमा सृजनाले यो प्रतिष्ठित उपाधि हासिल गर्न सफल भएकी हुन् । उनको चयनले नेपाली महिलाको क्षमता, नेतृत्व र अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने सामथ्र्यलाई उजागर गरेको छ । आयोजक संस्थाले सृजनाले नेपालको संस्कृति, परम्परा र राष्ट्रिय पहिचानलाई विश्वमञ्चमा गर्वका साथ प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ । सृजनाको सो प्रतियोगितामा सहभागितालाई लक्षित गरी आवश्यक प्रशिक्षण तथा तयारी कार्यहरु आगामी दिनहरुमा सञ्चालन गरिने जनाइएको छ ।

