Friday 10 July 2026 / शनिबार, २७ असार २०८३

हाउसको फेसन नेपालको आयोजनामा ‘मिसेस भोग नेपाल सिजन ३’ फाइनल प्रतिस्पर्धा ललितपुरस्थित म्याजेस्टिक ग्राण्डमा सम्पन्न भएको छ । देशभरबाट छनोट भएका २१ जना विवाहित महिलाले सन् २०२६ का विभिन्न उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षण चरणदेखि नै सुरु गरिएको मूल्यांकन प्रक्रिया, प्रि–जजिङ राउन्ड तथा अन्तिम प्रस्तुति र प्राप्तांकका आधारमा विजेताहरू घोषणा गरिएको आयोजकले जनाएको छ ।

यस वर्षका मुख्य उपाधि विजेताहरूमा किमी चौलागाईं ‘मिसेस भोग नेपाल वर्ल्ड २०२६’, प्राची तोमर ‘मिसेस भोग नेपाल युनिभर्स २०२६’ तथा प्रतीक्षा थापा ‘मिसेस भोग नेपाल ग्रान्ड २०२६’ घोषित भएका छन् ।

त्यस्तै रिचा रानी राम ‘मिसेस भोग नेपाल टुरिजम २०२६’, कोमल नेपाली ‘मिसेस भोग नेपाल ग्लोबल २०२६’ र कविता ढकाल ‘मिसेस भोग नेपाल अर्थ २०२६’ बन्न सफल भएका छन् ।

क्लासिकतर्फ श्रीनु श्रेष्ठ ‘क्लासिक मिसेस भोग नेपाल ग्रान्ड २०२६’, सम्झना फुँयाल ‘क्लासिक मिसेस भोग नेपाल वर्ल्ड २०२६’ तथा ज्योति कुर्मी ‘क्लासिक मिसेस भोग नेपाल युनिभर्स २०२६’ घोषित भएका छन् । सगुन ज्वेलर्सले प्रस्तुत गरेको उक्त कार्यक्रमले प्रतिस्पर्धीहरूको आत्मविश्वास, व्यक्तित्व, ¥याम्प प्रस्तुति, वक्तृत्व कला तथा सामाजिक दृष्टिकोणलाई प्राथमिकताका साथ मूल्यांकन गरेको थियो । ग्रान्ड फिनालेमा शो–स्टपरका रूपमा चर्चित टिकटकर एलिजे जमालीको उपस्थितिले कार्यक्रमलाई अझ आकर्षक र उत्साहपूर्ण बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय