Sunday 30 August 2026 / आईतवार, १४ भाद्र २०८३

काठमाडौं, अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण सुरु गरेको समाचार सार्वजनिक भएपछि इजरायलमा रहेका नेपाली कामदारको सुरक्षालाई लिएर चिन्ता बढेको छ। उक्त जानकारी BBC र CNNले जनाएका छन्।

नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार इजरायलमा साढे पाँच हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन् भने इरानमा करिब १० जना नेपाली रहेका छन्। मन्त्रालयले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको र नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।

तनाव बढ्दै गएपछि मन्त्रालयले यसअघि नै ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरानमा रहेका नेपालीलाई स्वदेश फर्कन र इरान जाने योजना बनाएका नागरिकलाई भ्रमण स्थगन गर्न आग्रह गरेको थियो।
इजरायलमा विशेषगरी केयर गिभर र कृषि क्षेत्रमा कार्यरत नेपालीलाई सुरक्षित रहन, स्थानीय सुरक्षा प्रोटोकल पालना गर्न र समस्या परेमा तत्काल दूतावास वा मन्त्रालयसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय