काठमाडौं, इरानले अमेरिकी सैन्य बेस लक्षित गरी गरेको आक्रमणका क्रममा संयुक्त अरब इमिरेट्सको अबुधाबीमा एक जनाको मृत्यु भएको छ।
इरानले अबुधाबीमा दुई पटक मिसाइल प्रहार गरेको जनाइएको छ। उक्त आक्रमणमा एक जनाको ज्यान गएको समाचार Al Jazeeraले उल्लेख गरेको छ।
यूएईले यस घटनालाई आफ्नो राष्ट्रिय सार्वभौमसत्ता तथा अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भएको बताएको छ। साथै, यस आक्रमणको जवाफ दिन तथा देशको सुरक्षाका लागि आवश्यक प्रतिक्रिया जनाउने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ।मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच घटनाबारे औपचारिक पुष्टि र विस्तृत विवरण आउने क्रम जारी रहेको छ।


