Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

एजेन्सी, संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त आक्रमणमा कम्तिमा १३३ इरानी नागरिक मारिएको वाशिंगटनस्थित मानवअधिकार संस्था Human Rights Activists News Agencyले जनाएको छ।

संस्थाका अनुसार आक्रमणमा २०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। १८ प्रान्तमा कम्तीमा ५८ वटा आक्रमण रेकर्ड गरिएको उल्लेख गरिएको छ, जसमध्ये सबैभन्दा धेरै घटना तेहरानमा भएको बताइएको छ। नागरिक आवासीय क्षेत्र तथा महत्वपूर्ण संरचनामा समेत क्षति पुगेको दाबी गरिएको छ।

यसैबीच, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC)ले अमेरिकी सैन्य अड्डा र इजरायलमाथि जवाफी आक्रमणको चेतावनी दिने विज्ञप्ति जारी गरेको छ।आक्रमणमा इरानका दुई वरिष्ठ अधिकारीको मृत्यु भएको पुष्टि भएको छ। IRGC का कमाण्डर–इन–चिफ मोहम्मद पाकपुर र इरानको रक्षा परिषद् सचिव अली शामखानी उक्त हमलामा मारिएको जनाइएको छ।

यसअघि इजरायली सेनाले इरानको सुरक्षा नेतृत्व टोलीका सात सदस्यहरूको नाम सार्वजनिक गर्दै उनीहरू मारिएको दाबी गरेको थियो, जसमा पाकपुर र शामखानी पनि समावेश थिए। घटनापछि मध्यपूर्व क्षेत्र थप तनावपूर्ण बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय