Saturday 11 July 2026 / शनिबार, २७ असार २०८३

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ५०० कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु तीन लाख १४ हजार ९०० मा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला रु पाँच ९८५ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला रु पाँच हजार ७४० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय