Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं, नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने ती क्षेत्रसहित अन्य स्थानहरूमा तुँवालो लागेको अवस्था छ।

तराईका केही स्थानहरूमा आज दिउँसो हुस्सु रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि तराईका थोरै स्थानमा तुँवालो कायम रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय