Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौं, प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर जारी मतदानमा दिउँसो ४ बजेसम्म करिब ८८ लाख मत खसेको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी रहेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १० हजार ९६७ मतदान स्थलमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।

निर्वाचनको सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अवि नारायण काफ्लेका अनुसार दोलखा बाहेक अन्य सबै स्थानमा शान्तिपूर्वक मतदान भइरहेको छ।
मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय