Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

चितवनमा प्रतिनिधिसभा निर्वाचनमा कुल ६४.१२ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४२ हजार ८२ मतदाता रहेकोमा २ लाख ८३ हजार ४२८ जनाले मतदान गरेका छन्।

सबैभन्दा बढी मतदान निर्वाचन क्षेत्र नम्बर ३ मा भएको छ, जहाँ ६४.४६ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा १ लाख ५५ हजार २१२ मतदाता रहेकोमा १ लाख ५३ जनाले मतदान गरेका छन्।
निर्वाचन क्षेत्र १ मा ९६ हजार १५४ मत र निर्वाचन क्षेत्र २ मा ८७ हजार २२१ मत खसेको छ। चितवनमा १६२ मतदान स्थल र ४९४ मतदान केन्द्रमार्फत मतदान सम्पन्न भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय