Monday 24 August 2026 / मंगलवार, ९ भाद्र २०८३

काठमाडौं, पुष्पकमल दाहाल (प्रचण्ड) ले केही समयअघि रवि लामिछाने लाई “महान् अपराधी फेला पर्यो” भन्ने शैलीमा प्रस्तुत गर्दै मध्यरातमा एक ठाउँबाट अर्को ठाउँमा सारिएको घटनाप्रति टिप्पणी गर्दै कडा चेतावनी दिएका थिए।

त्यस क्रममा उनले भनेका थिए, “यसको मूल्य एमाले र कांग्रेसले धेरै चर्को तिर्नुपर्नेछ।” प्रचण्डको उक्त अभिव्यक्ति त्यतिबेला राजनीतिक वृत्तमा निकै चर्चाको विषय बनेको थियो।

हालको राजनीतिक परिस्थितिलाई हेर्दा, उनले त्यतिबेला व्यक्त गरेको भनाइ अहिले आएर सत्य सावित भएको जस्तो देखिएको भन्दै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्चा भइरहेको छ। समर्थकहरूका अनुसार उक्त घटनाले राजनीतिक रूपमा ठूलो प्रभाव पारिरहेको दाबी गरिएको छ।

तर यस विषयमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाली कांग्रेस का नेताहरूले भने फरक धारणा राख्दै आएका छन्। उनीहरूका अनुसार कानुनी प्रक्रिया र अनुसन्धानलाई राजनीतिक रूपमा व्याख्या गर्न नहुने बताएका छन्।

यस विषयलाई लिएर आगामी दिनमा राजनीतिक बहस अझै तीव्र हुने संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय