Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरू केवल भविष्य नभई वर्तमान पनि भएको बताएकी छन्।

कार्यक्रममा डंगोलले भनिन्, “हामी महिलालाई भविष्य भन्छौँ, तर महिला वर्तमान पनि हुन्। महिला सफल हुँदा महिलामात्र होइन, पुरुषलाई पनि प्रेरित गर्न आवश्यक छ।” उनले संस्थागत नेतृत्वदेखि समुदायसम्म महिलाहरू सक्रिय रूपमा नेतृत्व गर्दै अघि बढिरहेको उल्लेख गरिन्।

उनले थपिन्, “धेरै महिलाहरूले आफैं बाटो कोरेर अघि बढ्नुभएको छ। यसरी बनाइएको बाटो आफ्ना लागि मात्रै होइन, अरूका लागि पनि उदाहरण बनेको छ।”

डंगोलले महिला सशक्तीकरणलाई केवल नारामा सीमित नराख्नुपर्ने बताउँदै, आर्थिक रूपमा सशक्त बनाउने महत्व पनि औँल्याइन्। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले ‘एक वडा, एक नमुना कार्यक्रम’ सञ्चालन गरी महिलाको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याइरहेको जानकारी दिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय