झापा–५ बाट बालेनको जितपछि उनकी पत्नी सविनाले खुसी व्यक्त गर्दै भावुक प्रतिक्रिया दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले फेरि अर्को घर र माइती पाएको महसुस भएको बताएकी हुन्।
उनले बालेनलाई विश्वास गरेर साथ दिने सबै मतदाता, समर्थक र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै यो जित केवल एउटा व्यक्तिको मात्र नभई परिवर्तन चाहने सबैको जित भएको उल्लेख गरेकी छन्। साथै उनले आगामी दिनमा जनताको अपेक्षा अनुसार काम गर्न अझ ठूलो जिम्मेवारी आएको पनि बताएकी छन्।


