Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौँ, राष्ट्रिय सभाका नयाँ सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा नवनिर्वाचित सांसदहरूलाई औपचारिक रूपमा शपथ गराएका हुन्।

राष्ट्रिय सभा ५९ सदस्यीय छ र प्रत्येक दुई–दुई वर्षमा एकतिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ। यसैअनुरूप गत माघ ११ गतेको निर्वाचनबाट १८ जना नयाँ सांसद चयन भएका थिए।

शपथ ग्रहण समारोहमा सांसदहरूले संवैधानिक जिम्मेवारी र जनताको सेवा गर्ने प्रतिबद्धता दोहोर्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय