काठमाडौँ, रौतहट–४ बाट पराजित भएपछिको प्रतिक्रिया स्वरूप ऋषि धमला ले आम जनता पार्टी र मोबाइल छाप चुनाव चिह्नसँगको सम्बन्ध तोडेको घोषणा गरेका छन्।
आज Reports Club मा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले भने, “आजको दिनबाट जुन चुनाव चिह्नबाट लडेँ, त्यस पार्टी र चुनाव चिह्नसँग मेरो सम्बन्ध छैन। मैले त्यो पार्टी र चिह्न खाली चुनावमा मात्र प्रयोग गरेको थिएँ। आम जनता पार्टी र जनादेश पार्टीको आग्रहमा म त्यो छाप लिएर चुनावमा गएका थिएँ। आजसम्म म कुनै पार्टीको सदस्य होइन।”
धमलाले आफ्नो चुनावी क्षेत्रका जनता प्रति कृतज्ञता व्यक्त गर्दै भने कि चुनावमा जानुअघि बालेन शाह ले दुई पटक बोलाएर जुनसुकै क्षेत्रबाट लडे पनि टिकट दिने बताएको थियो।
रौतहट–४ बाट रास्वपा का गणेश पौडेल ३६८७६ मत लिएर निर्वाचित भएका छन् भने धमलाले मात्र ६५५ मत प्राप्त गरेका थिए। भविष्यमा राजनीतिमा रहँदै कि पत्रकारितामा फर्किने भन्नेबारे धमलाले स्पष्ट बताएका छैनन्।


