Tuesday 26 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

काठमाडौं, प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतिर पुगेसँगै नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण र संसद् अधिवेशनको तयारी सुरु भएको छ। संवैधानिक व्यवस्थाअनुसार निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान रहेको छ।

तर आगामी संसद्का लागि बैठक तथा शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने स्थायी भवन अझै पूर्ण रूपमा तयार छैन। “जेनजी” आन्दोलनका क्रममा संसद् भवनमा लागेको आगलागीपछि नियमित बैठक सञ्चालनका लागि वैकल्पिक स्थान आवश्यक भएको हो। यसको विकल्पको रूपमा सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हल अस्थायी रूपमा व्यवस्था गर्ने तयारी भइरहेको छ। उक्त हल निर्माणको अन्तिम चरणमा पुगेको र केही हप्ताभित्रै सम्पन्न हुने अपेक्षा गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभयो।

अधिवेशन अघि सांसदहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ। सो क्रममा सबैभन्दा जेष्ठ सदस्यले सबैभन्दा पहिले सम्माननीय राष्ट्रपतिबाट शपथ लिनेछन् र त्यसपछि अन्य सांसदहरूले शपथ ग्रहण गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय