Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

काठमाडौं, आज बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) २०६ पुगेको छ, जुन “निकै अस्वस्थ” स्तर हो। १५० भन्दा माथि अस्वस्थ मानिन्छ भने २०१–३०० लाई निकै अस्वस्थको श्रेणीमा राखिएको छ। राजधानी अहिले संसारका अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा रहेको छ।

स्विट्जरल्याण्डको IQAir को रियल टाइम मापन अनुसार भारतको दिल्ली र बंगलादेशको ढाका क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषण बढेकाले सबैलाई सचेत रहन, मास्क लगाउन, घरभित्र बस्न र प्रदूषणयुक्त वर्षाको पानीबाट टाढा रहन आग्रह गरेको छ। प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, प्रदूषणले मुटु, फोक्सो, दम, क्यान्सर, आँखा र मिर्गौलासम्बन्धी समस्या निम्त्याउन सक्छ।

अहिलेको अवस्था हेर्दा, काठमाडौंबासीका लागि स्वास्थ्य सुरक्षा र सतर्कता अत्यन्त जरुरी बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय