काठमाडौँ , नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नयाँ शक्तिको रूपमा उदाएको उज्यालो नेपाल पार्टीलाई माया, विश्वास र आशा राख्ने सम्पूर्ण मतदाता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।
घिसिङले भनेका छन् कि “भ्रष्टाचार विरूद्ध र सुशासनको माग गर्दै उठेको आन्दोलनपछि सम्पन्न चुनावमा हामी काम र परिणाम दिने प्रतिबद्धतासाथ होमिएका थियौँ। लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ।”
उनले थपे कि उज्यालो नेपाल पार्टीले सरकारबाट हुने राम्रा कामको समर्थन गर्नेछ र गलत काम भए सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जानेछ।


