काठमाडौं, सांसद राजु पाण्डेले सबै नेतालाई मिडियामा बोल्दा संयमित हुन र पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर व्यक्तिपिच्छे धारणा सार्वजनिक नगर्न आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै उनले रास्वपाका नेताहरूलाई पार्टीको धारणा विपरीत जथाभावी अभिव्यक्ति नदिन आग्रह गरेका हुन्। उनले अबको प्रधानमन्त्री बालेन शाह हो यो विषयमा जथाभावी बोल्ने छुट कसैलाई नभएको पनि बताएका छन्।
पाण्डेले पार्टीको आधिकारिक धारणा अनुसार मात्रै सार्वजनिक अभिव्यक्ति दिन नेताहरूलाई आग्रह गरेका छन्।


