काठमाडौँ, नेतृ सुमना श्रेष्ठ ले देशका संवेदनशील घटनाहरूको सत्य तथ्य सार्वजनिक हुनुपर्ने भन्दै निष्पक्ष छानबिनको माग गरेकी छन्। उनले भनिन्, “गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले स्पष्ट रूपमा थाहा पाउनुपर्छ।” सुमनाका अनुसार लोकतान्त्रिक व्यवस्थामा जनताको अधिकार हो कि घटनाहरूको वास्तविकता थाहा पाऊन्, त्यसैले विगतका घटनाहरूको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ।


