Tuesday 26 May 2026 / मंगलवार, १२ जेष्ठ २०८३

इलाम, इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ। ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्वपूर्ण मानिन्छ।

फागुनको अन्तिम सातादेखि सुरु भएको चिया उत्पादनले उद्योगी र किसानलाई वार्षिक आम्दानीको मुख्य आधार दिने गरेको चिया व्यवसायी जीवन पाण्डेले बताए। उनका अनुसार चियाको पहिलो टिपाइ विशेष सावधानीका साथ सङ्कलन गरिन्छ। कोमल पातबाट उच्च गुणस्तरको चिया उत्पादन हुने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको माग पनि बढी रहने गर्छ।

इलामका चिया उद्योगी शरद सुब्बाका अनुसार यस वर्ष जिल्लाको दक्षिणी क्षेत्रबाट चिया टिपाइ सुरु भएको हो। उनले इलामको सोयाक बगानमा पहिलो टिपाइ सुरु भएको जानकारी दिए।

“यसलाई सुरक्षित ढङ्गले टिपिन्छ। यहीबाट उच्च गुणस्तरको चिया तयार हुन्छ,” सुब्बाले भने, “पहिलो टिपाइमा मात्रै करिब अढाइ सय किलो चिया सङ्कलन भएको छ।”उनका अनुसार सोयाकसँगै चिलिमकोटलगायतका क्षेत्रका बगानमा पनि क्रमशः चिया टिपाइ सुरु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय