Sunday 30 August 2026 / आईतवार, १४ भाद्र २०८३

दिल्ली स्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ। बिहान करिब ७ बजे भएको उक्त घटनामा ३० वटा दमकल खटाएर आगो नियन्त्रणमा लिइएको थियो।

भवनको भुइँ तल्लामा कस्मेटिक्स पसल र माथिल्लो तलामा बसोबास रहेको बताइएको छ। घटनाप्रति दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता ले दुःख व्यक्त गरेकी छन् भने सञ्जय सिंह ले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय