Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौँ, उपत्यकाका विभिन्न स्थानमा शुक्रबार असिनासहित मुसलधारे वर्षा भइरहेको छ। पश्चिम नेपालका जिल्लामा बिहानदेखि सुरु भएको हावाहुरीसहितको वर्षा अहिले उपत्यकामा प्रवेश गरेको हो।
वर्षासँगै आएको बाक्लो बादलका कारण दिउँसै अन्धकारजस्तो देखिएको छ। सवारीसाधन र पैदल यात्रुहरूले सञ्चालनमा कठिनाइ भोगिरहेका छन्।

यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा पनि हावाहुरीसहित वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा गराउने मौसमी प्रणाली क्रमशः उत्तर–पूर्वतर्फ सर्दै गएको छ।महाशाखाले देशका विभिन्न स्थानमा अझै वर्षा, असिना र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

मौसम आइतबारदेखि क्रमशः खुल्ने संकेत गरिएको छ। पहाडी र हिमाली भूभागमा सामान्य बदली, तराईमा आंशिक बदली रहनेछ। केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय