Friday 22 May 2026 / शनिबार, ९ जेष्ठ २०८३

काठमाडौं, कोभिड संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा, उनीहरुको पीडा र अवस्थालाई चित्रण गर्दै उनीहरुको सम्मानमा तयार पारिएको ‘नसोध मलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । वरिष्ठ चिकित्सक डा. रणजीत कुमार झाको स्वर रहेको सो गीतमा गिरिराज निरौलाको शब्द रचना रहेको छ । गीतमा संगीत भर्ने काम पनि गायक डा. झा र गीतकार निरौलाले नै गरेका हुन् । महाराज थापाको संगीत संयोजन रहेको छ भने गीतलाई साजन शाहले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
कुशल गायक एवं संगीतकार समेत रहेका डा.रणजीत कुमार झा लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत रहेका छन् । गीतका गायक झाकै आधिकारिक युट्युब च्यानल मार्फत् सार्वजनिक भएको सो भिडियो निशान कश्यपको निर्देशन एवं सम्पादनमा तयार भएको हो । भिडियोको छायाँकन भने मुकेश हुमागाईले गरेका हुन् । भिडियोमा महेश खड्का र सुशिला थापाले अभिनय गरेका छन् भने गायक डा.झा पनि भिडियोमा प्रस्तुत भएका छन् । भिडियोमा अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई पनि चित्रण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय