Saturday 17 October 2026 / शनिबार, १ कार्तिक २०८३

वीरगञ्ज (पर्सा), चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ५८ अर्ब ९१ करोडअर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ । गत आवको सात महिनामा भने रु पाँच अर्ब ३६ करोड ५५ करोड मूल्य पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले यो नाका हुँदै आयात हुनेमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सरसमानको हिस्सा उल्लेखनीय रहेको बताउनुभयो ।

वीरगञ्ज हुँदै चालु आवको सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड मूल्य पर्ने पाँच थरिका पेट्रोलियम पदार्थको आयात भएको छ भने सोही अवधिमा रु ५२ अर्ब ७५ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात भएको छ । साथैरू ४२ अर्ब ४८ करोड मूल्य पर्ने मेसिनरी पार्टपुर्जा, रु ४१ अर्ब २० करोड मूल्य पर्ने भटमासको कच्चा तेल, रु ३० अर्ब ९१ करोड मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा, रु २८ अर्ब ५९ करोड मूल्य पर्ने मलखाद र रु २३ अर्ब ७१ करोड मूल्य पर्ने कपडाहरु आयात भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय