काठमाडौं, Balendra Shah प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन्। उनी भर्खरै कार्यालय पुगेका हुन् र केहीबेरमै औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
यसअघि Ram Chandra Poudel ले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेन शाहसहित १४ जना नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
शपथग्रहण समारोहमा वैदिक परम्पराअनुसार बटुकहरूले स्वस्तिवाचन र बौद्ध परम्पराअनुसार लामाहरूले मंगलवाचन गरेका थिए।
राष्ट्रपति पौडेलले आजै संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधान २०७२ जारी भएपछि उक्त धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त गरिएको यो पहिलो पटक भएको बताइएको छ।
काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर फागुन २१ को निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् प्रवेश गरेलगत्तै प्रधानमन्त्री बनेका हुन्। साथै मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलो पटक हो।


